डा.सुनिल शर्माको अभियान: घरघरमा डाक्टर पठाएर बिरामीको निःशुल्क उपचार

 

बिराटनगर, १० साउन । सामान्यतया उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्था पुग्नुपर्छ । कतिपय अवस्थामा स्वास्थ्य शिविरबाट पनि उपचार पाईन्छ । तर, अहिले मोरङका बिभिन्न स्थानका सर्वसाधरणले घर–घरमै निःशुल्क उपचार पाउँन थालेका छन् । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरी घरमै डाक्टर पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईदिएका हुन् । 

छ महिना अघिबाट सुरु भएको यो अभियानबाट मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे, कानेपोखरी लगायत स्थानका करिव १० हजार बिरामीले घरमै निःशुल्क उपचार पाएका छन् । गरीबीका कारण पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस भनेर ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरिएको डा.सुनिल शर्माको भनाई छ । 

null

अभियान अन्र्तगत शनिबार बाहेक हरेक दिन एमबीबीएस डाक्टर र नर्शको टोली बिरामीको घर–घरमा पुग्छन् । उनीहरुले सामान्य अवस्थाका बिरामीलाई टोलमा भेला गरेर उपचार गर्छन् । गम्भीर बिरामीलाई घरैमा पुगेर उपचार गर्ने गरिएको छ । घरमा उपचार सम्भव नहुँदा आफ्नै एम्बुलेन्समा नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गर्ने गरिएको अभियानमा खटिएका डा.हिमलाल भण्डारीले जानकारी दिए । 

घरघरमा पुग्ने डाक्टरको टोलीले बिरामीको रोग पहिचान, भिडियो एक्सरे, ब्लड टेष्ट, ईसीजी लगायत सेवा प्रदान गर्ने गरेको छ । अस्पतालमा प्रति बिरामी करिव ३ हजार पर्ने उक्त सेवा बिरामीले घरमा निःशुल्क पाउँछन् । गंभीर बिरामीको आर्थिक अवस्था मूल्यांकन गर्दा बिपन्न पाईएमा नोबेलमा ल्याएर पूर्ण रुपमा निःशुल्क उपचार गर्ने गरिन्छ । यो अभियानबाट यसरी निःशुल्क उपचार पाउँने बिरामीको संख्या करिव ५ सय पुगेको नोबेल अस्पतालले जनाएको छ । 

गंम्भीर बिरामीलाई थप उपचारका लागि ल्याउँन भेन्टिलेटरसहितको एम्बुलेन्स अभियानमा दैनिक खटाईएको छ । घरघरमै निःशुल्क उपचार पाउँदा बिरामीहरु पनि हर्षित छन् । घरमै निःशुल्क उपचार पाउँदा धेरै खुशी लागेको बेलबारी–४ की लिलादेवी गिरीले बताईन् । यता बेलवारी ४ कै भीमकुमारी गुरुङले पनि घरमै डाक्टर आएर औषधि उपचार गर्दा धेरै सहज भएको प्रतिक्रिया दिदै डा.सुनिल शर्माको यो अभियानको प्रशंसा गरिन् । 

समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा.शर्माले यसअघि पनि हजारौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराईसकेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *