आठ तालिबान लडाकू मारिए

 

श्रवण १ । देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ । 

हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

null

सो स्थानमा तालिाबान लडाकू लुकेर बसेका ३५ भन्दा बढी बासस्थान ध्वस्त भएको बताइएको छ । तर यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकतर्फ भने कुनै क्षति नभएको जनाइएको छ । 

यस कारबाहीको विषयमा सरकारसँग लडाइ गरिरहेका तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छैनन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *