विप्लव राजनीतिक समस्याको समाधान राजनीतिक माध्यमबाट

 

साउन १, काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि विप्लवका माग राजनीतिक समस्या भएकोले राजनीतिक ढंगले समाधान गर्नुपर्नेमा जोड दिए ।  

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो राजनीतिक समस्या भएकोले यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ । अहिले नेकपा र डबल नेकपाबीच एक आपसमा सौताकोजस्तो व्यवहार देखिएको छ । यो व्यवहार त्यागेर छिटोभन्दा छिटो समाधान खोज्नुपर्छ ।’ 

null

सांसद समेत रहेका सह–अध्यक्ष श्रेष्ठले अहिले परिवर्तित अवस्था भएकोले यो परिवर्तनलाई आत्मसात गरिएको छ कि छैन ? भन्ने कुरा मूल प्रश्न भएको सुनाए । उनले भने,‘पार्टीका नेता त्यसमा पनि उपल्लो तहमा बस्नेहरुको रहनसहन सामन्तवादकोजस्तो छ । राष्ट्रपतिको आतेजाते राजा, महाराजा र महारानीजस्तो छ । गणतन्त्रको राष्ट्रपति सामन्तीयुगको जस्तो महारानी हुनुहँदैन् ।’ 

राष्ट्रपति आलंकारिक भएपनि उनको शैली भने राजर्षी रहेको उनको टिप्पणी छ । उनले भने,‘तर, अहिले उहाँको शैली सामन्तवादको जस्तो छ । यही कारणले जनविद्रोह जन्मन सक्दछ । अहिले सरकारमा भएकाहरुको शैलीपनि नवधनाढ्य जस्तो छ । कम्युनिष्टको नाममा यो गलत शैली हो ।’ आफ्नो पार्टीका अध्यक्ष अहिले उपेन्द्र यादव अहिले सरकारमा उपप्रधानमन्त्री रहेको र उनले पिछुवा गाडीको सुविधा नलिएको पनि उनले सुनाए । उनले भने,‘हामी त समाजवादी संस्कृतिको सुरुवात गरौं भनेर लागिपरेका छौं । मुख्य कुरा भनेको नै कल्चर बसाल्ने हो ।’  

उनले नेताले नांगै हिँड्नुपर्छ र साईकल चढ्नुपर्छ भन्ने नभएको पनि सुनाए । श्रेष्ठले थपे,‘राष्ट्रतिको निवासमा हेलिप्याड राख्ने कुरा भएको छ । यस्ता कुरामा ध्यान दिनुपर्छ । यही अवस्था रहिरहे प्राप्त उपलब्धि नै गुम्ने खतरा हुन्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *