अब उपचार गराउँदा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई १०% छुट

असार २५, काठमाडाैँ ।   सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि द्वारा संचालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बिच एक सम्झौता भएको छ । 

यस बैंक र एकेडेमीबिच स्वास्थ्य सेवामा १०% छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो । 

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहक वर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गते बाट लाग हुने गरि १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ । 

null

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय,नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. का प्रबन्ध संचालक डा. सुरेश कुमार कानोडियाले हस्ताक्षर गरे । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *