देशभर सामान्य बदली, केही ठाउँमा बेलुकातिर पानी पर्ने

काठमाडौं, २० असार । शुक्रबार देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बेलुकीपख देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । विशेष गरी पहाडी भेगमा र तराईका केही ठाउँमा बेलुकातिर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताए । मध्य र पश्चिम भेगका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । 

 

शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । अन्य ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय अवस्थामा नभएकाले पानी परेपनि एकैछिन परेर रोकिने मौसमविद्ले बताएका छन् । 

null

नेपालमा समान्यतया मनसुन भित्रिने समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गते मनसुन भित्रिएको थियो । मनसुन भित्रिए पनि सक्रिय नहुँदा ठूलो पानी पर्न सकेको छैन । मनसुनी वर्षा हुनुपर्ने समयमा वर्षा हुन नसक्दा दिनप्रतिदिन उखरमाउलो गर्मी बढ्दै गएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =