आईफा अवार्ड नेपालमा गर्नेबारे सरकारले राम्रो तयारी गरेको थिएनः साउद

 

असार १८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री एन.पी. साउदले भारतको फिल्मसम्बन्धी आईफा अवार्डबारे सुरुवातदेखि नै राम्रो छलफल तथा तयारी नगर्दा आज यो अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले आईफा अवार्ड नेपालमा गर्नुपर्छ भनेर यदि भारतीय पक्षले आग्रह गरेको भए त्यसमा नेपाल सरकारले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे । उनले भने,‘भारतीय पक्षले यदि यस्तो आग्रह गरेको भए नेपालले त्यसको लागि आवश्यक पूर्वाधारको व्यवस्थापन र सहजीकरण गर्नुपर्ने थियो । 

null

यसमा हामीले अन्यथा लिनुपर्ने कारण हुन सक्दैन थियो ।’ नेपालको पर्यटन प्रर्वद्धन तथा विकासमा पनि उक्त अवार्ड नेपालमा हुँदा उपयुक्त हुने उनको धारणा छ ।  

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आईफा अवार्ड नेपालमा गर्नेबारेको सम्भाव्यता अध्ययनमा नेपाल सरकार हदैसम्मको गैरजिम्मेवार देखिएको पनि सुनाए । उनले भने,‘नेपालले आर्थिक व्ययभार बोकेर अवार्ड कार्यक्रम गर्नु उपयुक्त थिएन र छैन ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *