बिहानै तातो पानी पिउनुस्, हुनेछ यस्ता फाइदा

एजेन्सी । मानव शरीरका लागि पानी कति महत्वपूर्ण छ भन्ने कुरा अब दोहोर्याइरहनु पर्दैन । तर पानी कुन बेला कसरी पिउने भन्नेबारे भने थुप्रै अध्ययन–अनुसन्धान भएका छन् । तिनका रिपोर्ट पनि उही र उस्तै पक्कै छैनन् । यसले मानिसमा दुविधा पैदा पनि गरिदिएको छ । तथापि, मानिसले दिनको तीन लिटरसम्म पानी पिउँदा राम्रो हुने रिपोर्टहरुको निष्कर्ष रहेको पाइन्छ । 

 

जेसुकै होस्, पानी भन्ने कुरा तिर्खा लाग्दा पिउनैपर्छ । त्यसबाहेक हरेक बिहान खाली पेटमा तातो (मनतातो) पानी पिउँदा विभिन्न फाइदा हुन्छ । तातो पानीले पाचन प्रक्रियामा मद्दत गर्छ । पच्न कठिन हुने खानेकुरा खाएको छ भने तातो पानीले त्यसलाई पचाउन मद्दत पु¥याउँछ । 

null

यसले पेट सफा पार्नुका साथै पाचनसम्बन्धी समस्यालाई नियन्त्रण गरिदिन्छ । जब मानिसको पाचन प्रणाली ठीकठाक हुन्छ, उसको वजन पनि उचित रहन्छ । तातो पानीले शरीरको फ्याट नियन्त्रण गर्न मद्दत गर्छ । पेटमा गडबडी या दुख्दा पनि तातो पानीले कम गर्छ । ध्यान के दिनुपर्छ भने, तातो पानी विस्तारै पिउनुपर्छ । 

एकै पटक धेरै पिउन हुँदैन । बिहान नियमित तातो पानी पिउनेलाई पेटसम्बन्धी समस्या निकै नै कम हुन्छ । बिहान तातो पानी पिउनाले ब्लड फ्लो र सर्कुलेसन सुधारमा पनि मद्दत पुग्छ । त्यतिमात्र होइन, बिहानको तातो पानीले ब्लडप्रेसर सन्तुलित राख्नसमेत मद्दत गर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *