तीन भैँसी चोरलाई स्थानियले कुटपित गर्दा मृत्यु

 

साउन ३, भारत । भारतको बिहारमा भैँसी चोरेको आरोपमा तीन जना युवालाई स्थानियवासीले कुटपिट गर्दा उनीहरुको मृत्यु भएको छ । 

भारतको बिहार स्थित पिठौरी नन्दलाल गाउँमा भैँसी चोरेको आरोपमा बिहारको सारण जिल्लामा नौशाद कुरैशी, राजू नट र विदेशी नटललाई स्थानियले कुटपिट गर्दा उनीहरुको मृत्यु भएको हो । 

null

स्थानीयले गाउँमा भैँसी चोर्न आएको बेला उनीहरुलाई पक्राउ गरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते भएका उनीहरुको उपचारकाे क्रममा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । 

भारतीय प्रहरीका अनुसार घटनामा संलग्न तीनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *