प्रतिबन्धित लागुऔषध सहित एक पक्राउ

 

असार ३०, बीरगन्ज । प्रहरीले प्रतिबन्धित लागूऔषध सहित वीरगञ्ज–१६ भानुचोबाट एक जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–७ का ४० वर्षे मिश्रीलाल साह रहेको प्रहरीले जानकारी दिएको छ । 

null

पक्राउ परेका उनको साथबाट प्रहरीले लागुऔषधको प्रयोग हुने इन्जेक्सन ४ सय ५० थान, फेनारगन १ सय ५० थान, नोर्फिन १ सय ५० थान, डाइजेपाम १ सय ५० थान फेला पारेको छ । 

हाल उनलाई कारवार्हीको लागि अघी बढाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *