दिल्लीमा ९ वर्षीया नेपाली बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका
२०७६ साउन ६ गते

साउन ५, नयाँ दिल्ली । दिल्लीस्थित शकरपुर लक्ष्मीनगरस्थित एक ९ वर्षीय नेपाली बालिका मृत फेला परेकी छिन् ।
बाजुराकी ती बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
null
उनका बाबुआमा त्यहीँको होस्टेलमा काम गर्दै आएका थिए । सोही होस्टेलमा कार्यरत भारतीय नागरिक सोनु हत्यामा संलग्न रहेको आरोप छ ।
दोषीमाथि कारबाहीका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको दिल्लीस्थित नेपाली दूतावासका एसएसपी प्रकाश अधिकारीले जानकारी दिए ।
आरोपी सोनुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने बालिकाको शव पोस्टमाटमको लागि अस्पताल पठाइएको जानकारी दिइएको छ ।
२०७६ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








