खैरहनीका ४ वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

 

असार २४, चितवन । चितवनको खैरहनी नगरपालिकाका ४ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । 

नगरपालिकाको ५,७,९ र १२ नम्वर वडालाई मंगलवार एक कार्यक्रमकाबीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । वि.सं. २०७४ को वैशाख देखी २०७५ को चैत सम्म ति वडाहरुका गर्भवती सवै महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भएको खैरहनी नगरपालिकाकी स्वास्थ्य शाखा संयोजक माया पाण्डेले वताईन् । 

null

वडा नम्वर ५ मा ४८ जना ,७ मा ५६ जना,९ मा ४९ जना र १२ मा ६४ जना गर्भवती महिलाहरु स्वास्थ्य संस्थामै सुत्केरी भएका थिए । वि.सं. २०७५ चैतदेखी वि.सं. २०७६ वैशाख सम्म एक महिना लगाएर सुत्केरी महिलाको विवरण संकलन गरिएको थियो । सो अवधिमा नगरमा कुल ७ सय ६८ जना महिलाको संस्थागत सुत्केरी भएको थियो भने २१ जना महिलाले घरमै वच्चा जन्माएका थिए । 

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै खैरहनीकी उपमेयर सुनिता थपलियाले यसमा स्वास्थ्यकर्मी र महिला स्वयमसेविकाहरुको भुमिका महत्वपुर्ण रहेको वताईन् । वाँकी वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न र यसलाई दिगो वनाउन सचेतना मुलक कार्यक्रम गर्नु पर्ने उपमेयर थपलियाले औल्याईन् । 

वडा नम्वर १ मा ४ जना, २ मा २ जना,३ मा २ जना,४ मा १ जना,६ मा २ जना महिला घरमै सुत्केरी भएका स्वास्थ्य संयोजक पाण्डेले वताईन् । त्यस्तै वडा नम्वर ८ मा १ जना,१० मा २ जना,११ मा ३ जना र १३ मा ४ जना महिलाले घरमै वच्चा जन्माएकी थिईन् । 

मातृमृत्यु र शिशु मृत्युदरमा कमी ल्याउने नगरपालिकाको लक्ष्य रहेको छ । ९५ प्रतिशत स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनु पर्ने, गर्भवती महिलाले पूर्ण टिडी खोप लगाएको हुनु पर्ने,प्रोटोकल अनुसार गर्भ जाँच गराएको हुनु पर्ने लगायतलाई मापदण्ड वनाईएर विवरण संकलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले वताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *