बर्दिवासको बिच सडकमा मृत भेटिए थापा

 

श्रावण १, बर्दिवास । मङ्गलबार मध्यराती विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकैको सडकमा एक व्यक्ति मृत फेला परेको छ । 

टाउकोमा निकै गहिरो चोट लागेको अवस्थामा भेटिएको व्यक्ति महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा रहेका छन् । 

null

थापाको शव नजिकै हेलमेट फुटेको अवस्थामा प्रदेश–०२–००१प ३०५४ नंको स्कुटर पनि फेला पारिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 

प्रहरीका अनुसार उनको दुर्घटनाबाट मृत्यु भएको हो या हत्या भएको हो यकिनका साथ भन्न सकिएको छैन । 

हाल उनको शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको प्रहरीले जानकारी दिएका छन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *