दुई बालकलाई यौन दुराचार गर्ने अष्ट्रेलियन नागरिक पक्राउ

 

साउन ७, पोखरा । पोखरामा १४ वर्ष मुनीका दुई बालकलाई यौन दुराचार गर्ने एक अष्ट्रेलियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

 ६३ वर्षीय अष्ट्रेलियन नागरिक थोमस अल्फ्रेड बेरिम्यानलाई मंगलबार बिहान ७ बजे यौन दुराचार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । 

null

कामदार भिसामा नेपाल आएका थोमसले  प्याराग्लाइडरको काम गर्दै आईरहको प्रहरी केन्द्रीय अनुन्धान ब्यूरो (सिआइब) ले जनाएको छ । 

थोमस बिरुद्ध बालबालिकामाथि यौन दुराचार गरेको खबर सिआइबीलाई पुगेपछि मंगलबार बिहान थोमस बस्दै आएको डिहिकोपाटन स्थित घरमा अनुसन्धानका लागि प्रहरी केन्द्रीय अनुन्धान ब्यूरो (सिआइबी) र कास्की प्रहरी पुग्दा बालक माथि यौनदुराचार गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । 

थोमसलाई बाल यौन दुराचारको मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालत पठाइसकिएको र उनीबारे थप अनुसन्धान भईरहेको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *