मनसुन देशभर सक्रिय, यस्ताे छ आज काे माैसम

 

असार २६,काठमाडौँ । आज देशभर मौसम बदली भईरहने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

मौसम बिभागका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै भएकोले देशभर मौसम बदली र वर्षा भएको हो । 

null

बिहीबार दिनभर अधिकांश क्षेत्रमा मौसम पूर्ण बदली देशको पश्चिमका केही र मध्य तथा पूर्वका थोरै भूभागमा ठूलो पानी पर्ने सम्भावना मौसम बिभागले जानकारी दिएको छ । 

हाल देशभरको मौसम पूर्ण बदली भईरहेको र मध्य र पूर्वका केही स्थान र पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको, दिनभर यस्तै अवस्था रहने मौसम विभागले जनाएको छ । 

मनसुनी न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराईका क्षेत्रमा आउँदो २४ घण्टासम्म पनि रहिरहने मौसमविद बताउँछन् 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *