नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

 

असार १९, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाकाको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने चार जनालाई नियन्त्रणमा लिएको छ ।  

प्रहरीले रामेछापका मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोकका राजेश कुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेश दर्जीलाई नियन्त्रणमा लिइएको हो । 

null

प्रहरीका अनुसार उनीहरुको साथबाट  यातायत ब्यबस्था बिभागको नगदी रसिद ६० थान , कम्प्युटर १ सेट ,प्रिन्टर थान १, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, बिभिन्न ब्यक्तिहरुको नागरिकताको प्रतिलिपी लगायतका नक्क्ली लाइसेन्स बनाउन प्रयोग हुने सामग्री फेला पारिएको छ । 

हाल उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *