आठ लाख घुस सहित पक्राउ परेका वीपीका उपकुलपतिलाई काठमाडौं ल्याइदैं

 

असार २७, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई काठमाडौं ल्याइदैंछ । 

गएराती ठेकेदारबाट ८ लाख घुस रकम सहित रंगेहात पक्राउ परेका प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट गएको टोलीले अहिले राजधानी ल्याउँदैछ । 

null

उनलाई गए राती प्रतिष्ठानका एक ठेकेदारबाट ८ लाख घुस लिँदै गरेको अवस्थामा आयोगको विशेष टोलीले नगद सहित पक्राउ गरेको हो । डा. रौनियारलाई प्रतिष्ठान स्थित सरकारी क्वाटरबाटै नियन्त्रणमा लिइएको थियो । उनको साथमा उनका भतिज डा. रामहरि रौनियारलाई समेत पक्राउ गरिएको छ । डा. रामहरि उपकुलपतिका भतिजा हुन । 

डा. रौनियारले प्रतिष्ठानमा लूटतन्त्र मच्चाएका थिए । उनले प्रतिष्ठानमा हुने उपकरण खरिद, भवन निर्माण, विभिन्न ठेक्कापट्टामा समेत ठेकेदारसँगको मिलेमतोमा कमिसन खाने गरेका थिए । यसका साथै प्रतिष्ठानमा हुने विद्यार्थी भर्ना, कर्मचारी भर्नामा समेत चलखेल गर्ने गरेको आरोप छ । 

यसअघि डा. रौनियारलाई प्रतिष्ठानको सिनेट बैठकले उपकुलपति पदबाट हटाउन सरकार समक्ष सिफारिस गरेको थियो । प्रतिष्ठानमा आर्थिक अनियमितता गरेको भन्दै सिनेटबाट गठित छानविन समितिले डा. रौनियारलाई कारवाहीको सिफारिस गरेको थियो । 

तर, सिनेटका बहुमत सदस्यहरुको निर्णयलाई च्यालेन्ज गर्दै उनी सर्वोच्च अदालत गएका थिए । अदालतबाट अन्तरिम आदेश लिएर उनी पुनः पदमा बहाली भएर पुनः कमाउ धन्धा चलाएका थिए । 

सर्वोच्च अदालतको आदेशबाट पद बहाली भएको लगभग २ महिना नबित्दै डा.रौनियार बुधबार सरकारी निवासबाट घुस रकम सहित रंगेहात समातिएपछि उनको नैतिकतामा ठूलो संकट परेको छ । 

अख्तियार स्रोतका अनुसार डा. रौनियारले गरेका विभिन्न निर्णयहरुमा लामो समयदेखि अनुसन्धान भइरहेको थियो । तल्कालिन स्वास्थ्यमन्त्री गगन थापाको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले डा. रौनियारलाई उपकुलपति पदमा सिफारिस गरेका थिए । त्यत्तिबेलै उनले विभिन्न शक्ति केन्द्रमा १४ करोड बुझाएर नियुक्ति लिएको चर्चा चलेको थियो । 

डा. रौनियारको कृयाकलापमा प्रत्यक्ष रुपमा उनका दाजु गौरिशंकर रौनियारले सहयोग गर्दै आइरहेका थिए । गौरिशंकर रौनियारले प्रतिष्ठानमा हुने नियुक्ति र भर्ना प्रक्रियामा विभिन्न ब्यक्तिहरुसँग साँठगाँठ गर्ने गरेको बुझिएको छ । उनले केहि समय अघि प्रतिष्ठानमा एक ब्यक्तिलाई जागीर लगाइदिने र स्टाफ नर्समा नाम निकालिदिने सन्दर्भमा पैसाको लिएको अडियो समेत फेला परेको छ । 

वीपी प्रतिष्ठानमा भइरहेका अनियमितता र उपकुलपतिका कमाउ धन्धाका सन्दर्भमा मकालु खबरले २ वर्षदेखि निरन्तर फलोअप गरेको थियो । पटकपटक उनका गलत कृयाकलापका विरुद्ध मकालु खबरले समाचार प्रकाशित गर्दा विभिन्न धाकधम्की र प्रलोभन समेत आएको थियो । 

तथापि, मकालु खबर आफ्नो इमान्दारिता, निष्पक्षता र विस्वसनियता प्रति प्रतिबद्ध थियो । कानुनी शासनको वकालत गर्दै आइरहेको मकालु खबरले उपकुलपति डा. रौनियारको कार्यशैली, गलतकृयाकलाप प्रति खबरदारी गरेको आज सार्थक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकम सहित पक्राउ गरेर ‘साना माछालाई मात्र पक्रने’ आरोपबाट माथि उठ्न सफल भएको छ । ओली सरकार भ्रष्टाचार प्रति सुन्य शहनशीलतामा छ भन्ने प्रष्ट भएको छ । 

१४ करोड बुझाएर उपकुलपति भएका उनले उपकुलपति हुने वित्तिकै १२ करोडको एमआरआई उपकरण करिब १८ करोडमा खरिद गर्ने जमर्को गरेका थिए । भने, अंकोलोजी र कार्डियोलोजी भवन निर्माणको रकम समेत रकमान्तरण गरेर उपकरण खरिद गर्ने दृढता गरेका थिए । यसका अलावा आन्तरिक कर्मचारी सरुवा र नर्स भर्नामा समेत चलखेल गर्ने गरेका थिए । 

उपकुलपतिका आसेपासे अझै खुल्ला छन् 

वीपी प्रतिष्ठानका उपकुलपतिलाई अख्तियारले नियन्त्रणमा लिएपनि उनका मतियार र सहयोगीहरु अझैपनि खुलेआम घुमिरहेका छन् । प्रतिष्ठानका कतिपय पदाधिकारी र माथिल्ला कर्मचारी उपकुलपतिका काला कर्तुतमा फड्के साक्षी भएका छन् । अब तिनीहरुलाई समेत अख्तियारले अनुसन्धान गर्दै कानुनी दायरामा ल्याउन आवश्यक छ । यस विषयमा हाम्रोे खबरदारी सदैव रहिरहनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *