सरकारको विरोध गर्न केही व्यक्तीले मास्क लगाउन थालेः प्रधानमन्त्री

 

असार २०, काठमाडौैँ । सरकारको काम देखेर मानिसहरु अत्तालिन थालेको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । 

शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अत्तालिन थालेको उनको भनाई छ । 

null

प्रधानमन्त्री ओलीले समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले अघि भने, ‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’ 

प्रधानमन्त्री ओलीले काठमाडौँमा मास्क लगाउन नपर्ने आफ्नो भनाईलाई बचाउ गदै ‘अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ । यसलाई सुधार गर्दैछौँ भनेको थिएँ । तर त्यसपछि सरकारको विरोध गर्न केही व्यक्तीले मास्क लगाउन थालेका छन् ।’ 

उनले भने ‘मस्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *