चेकजाँच क्रममा लागूऔषध सहित भारतीय पक्राउ

 

असार २५, बीरगञ्ज । चेकजाँचको क्रममा सशस्त्र प्रहरीले लागूऔषध सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत बेतिया थाना मझौलिया ६ बस्ने ४४ वर्षीय मोहम्द हसमुल्ला अन्सारी रहेको प्रहरीले जानकारी दिएको छ । 

null

सशस्त्र प्रहरी बल गुल्म नम्बर १४ गुल्मले नेपालबाट भारततर्फ लागुऔषध चरेस लैजादैँ गर्दा बिरगञ्ज महानगरपालिका वडा नम्बर १६ शँकराचार्य गेटमा चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पक्राउ परेको उनको साथबाट लागुऔषध चरेश चार किलो फेला पारिएको छ । हाल उनलाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएको सशस्त्र प्रहरीले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *