लागूऔषध सहित एक महिला पक्राउ
२०७६ साउन १० गते

साउन ९, विराटनगर । विराटनगरमा विहिबार विहान प्रहीले लागूऔषध सहित एक महिलालाई पक्राउ गरेको छ ।
विराटनगरस्थित राम जानकी मन्दिर नजिकै ईप्रका रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने लागु औषध सहित स्थानीय ३० वर्षिया अरजिना खातुनलाई पक्राउ गरेको हो ।
null
लागु औषध सहित पक्राउ परेकी खातुनले झोलामा राखी लुकाई छिपाई ल्याएको प्रतिवन्धित लागु औषध लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाईजोल्याव २०० एम्पुल, स्पास्मो १४४ थान, नाईट्रोजन ट्याब्लेट ३० थान, र नगद २६ हजार रुपैयाँ प्रहरीले वरामद गरेको छ ।
२०७६ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित








