ओडारमा लुकाएको १६ किलो सुन प्रहरीको कब्जामा

 

साउन ७, गोरखा । प्रहरीले ओडारमा लुकाएर राखेको १६ किलो सुन फेला पारेको छ । 

गोरखाको धार्चे गाउँपालिका खोर्लाबेसीको ओडारमा लुटेराले लुट्ने डरले १६ किलो  सुन फेला पारिएको प्रहरीले जानकारी दिएको छ । 

null

चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ किलाे सुन प्रहरीले बिहीबार बरामद गरेको हो । 

असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा सुन लुट्न खोजेपछि गुरुङले  ओडारमा सुन लुकाएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।  

सुन ओडारमा लुकाइ सम्पर्क  बिहिन भएका  गुरुङलाई बुधबार काठमाडौंमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनलाई आक्रमण गर्न खोज्ने ४ जना पनि नियन्त्रणमा लिइएकाे छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =