बालगृहबाट नौ बालबालिकाको उद्धार

 

असार १९, काठमाडौं । मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ। 

बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि केन्द्रीय बालकल्याण समितिले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोल महिला समाज नामक संस्थाबाट चार बालक र पाँच बालिकाको उद्धार गरेको हो। 

null

समितिले समाज कल्याण परिषद्, स्थानीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र, चाँगुनारायण नगरपालिकाका प्रतिनिधि र विभिन्न सङ्घसंस्थाको समन्वय र सहकार्यमा उद्धार गरिएको समितिका प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए। 

ती बालबालिका ४ देखि १४ वर्ष उमेर समूहका छन् । 

हुम्ला जिल्लाका ती बालबालिकालाई अध्ययनका लागि विभिन्न व्यक्तिमार्फत सो संस्थामा पुर्‍याइएको थियो। 

बालबालिकालाई उक्त मापदण्ड विपरीत जोखिमपूर्ण अवस्थामा राखेको, उचित खानपान तथा आवासको प्रबन्ध नगरेको पाइएकाले हाल अल्पकालीन संरक्षणको व्यवस्था गरिएको उक्त समितिले जनाएको छ। 

उक्त समितिले अन्य बालगृहसमेत अनुगमन गरिरहेको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =