पूर्वराजाको सम्पत्तिमा यती एयरको हालीमुहाली

काठमाडौं, ३ असार । नारायणहिटीको ठीक अगाडि दरबारमार्गमा रहेको नेपाल ट्रस्टको केन्द्रीय कार्यालय नै यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिले ३० वर्षका लागि लिजमा पाएको छ । दरबारमार्गजस्तो ‘प्राइम लोकेसन’मा रहेको एक रोपनी १४ आना जग्गाबाट नेपाल ट्रस्टले मासिक भाडा चार लाख १६ हजार ६ सय मात्रै पाउँछ ।
पहिले राजपरिवारको नाममा रहेको गोकर्णको तीन हजार नौ सय ७१ रोपनी जग्गा अहिले नेपाल ट्रस्टको नाममा छ । तर, ७४ प्रतिशत जग्गा यती एयरलाइन्सकै भगिनी संस्था यती होल्डिङ प्रालि र एलएस सुवीर ब्रदर्स नेपाल प्रालिले लिएका छन् ।
null
एक रोपनी जग्गाको वार्षिक ८ हजार ९ सय ५३ रुपैयाँका दरले ट्रस्टले भाडा लिँदै आएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा सन्तोष भट्टराईले लेखेका छन् ।तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको नाममा रहेको साढे २१ हजार रोपनी जग्गा र ती जग्गामा भएका संरचना नेपाल ट्रस्टको नाममा छन् ।








