सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने

 

असार २२, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हाे । 

null

आइतबार बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन् । 

२०७६ असार २१ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैँया पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैँया पुग्ने छ। 

हालको सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रुपैँया रहेको छ भने सहयोगी विकाश बैंकको चुक्तापूँजी ५० करोड ९६ लाख रुपैँया रहेको छ। प्रारम्भिक सहमति अनुसार, सहयोगी विकाश बैंकले एक कित्ता बराबर ९० रुपैँया पाउने छ तथा वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (Due Diligence Audit) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ। 

धनुषा, महोत्तरी र सिन्धुली जिल्लाकार्य क्षेत्र भएको यस सहयोगी विकाश बैंकले १४ वटा शाखाहरूबाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ । 

यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *