सिटिजन्स बैंकद्वारा थहिटिमा सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन

 

असार १६, काठमाडाैँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १५ देखी काठमाडौँको थहिटिमा  सुविधा सम्पन्न भवनबाट बैंकिंग कारोबार संचालनमा ल्याएकाे छ । 

बैंकले थहिटि शाखा कार्यालय हाल रहेको भवन (काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १७) को सामून्ने उत्तरतर्फको दुरिमा सोहि वडामा रहेको शिवजी भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालनमा ल्याएकाे हाे । 

null

सुविधा सम्पन्न भवनबाट थपछिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवाप्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । 

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउँने लक्ष्य बैंकले राखेको छ । 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो र छरितो रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *