भद्रपुर र दमककाे एनसेल टावरमा आगजनीको प्रयास

 

साउन १५, झापा । मंगलबार राती झापाको भद्रपुर र दमकमा रहेको दुई वटा एनसेल टावरमा अज्ञात समूहद्वारा आगजनीको प्रयास भएको छ ।  

भद्रपुर नगरपालिका ३ स्थित गोले चोक र दमक नगरपालिका १ मामा चोकमा रहेको एनसेलको टावरमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

null

प्रहरी उपरीक्षक श्रेष्ठले भने ‘दमकको मामा चोकमा रहेको टावर बाहिर सानो बम पड्काएको आवाज आएको थियो’ ‘त्यसपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकका डिएसपीसहितको प्रहरी परिचालन गरेका थियौ, तर टावर वरिपरि कुनै क्षति भएको देखिएन ।’ 

त्यसैगरी भद्रपुरको टावर बाहिर आगो लगाउने प्रयास भएको छ अहिले त्यहाँको सम्पूर्ण टावरमा प्रहरीले सुरक्षा दिईरहेको उपरीक्षक श्रेष्ठ बताउँछन् । 

घटना कसले र किन घटाएको कारण भन्ने खुल्न सकिरहेको छैन भने यस घटनाको जिम्मेवारी पनि अहिले सम्म कसैले  लिएका छैनन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *