राप्तीमा तीन दिनदेखी आधा दर्जन घर डुवानमा

 

असार २९, चितवन । वर्षाका कारण राप्ती नगरपालिका ४ लक्ष्मी नारायण चोकमा आधा दर्जन घरहरु डुवानमा परेका छन् । 

लगातारको वर्षाका कारण तीन दिनदेखी त्यहाँका घर भित्रै पानी पसेको छ । जसका कारण शौच गर्न र खानेपानीको समस्या परेको स्थानीयको भनाई छ । परेको पानी निकास गर्ने ठाउँ नहुँदा स्थानीय विष्णु प्रसाद दनै, रुपनारायण श्रेष्ठ, हुमादेवी श्रेष्ठ, हरिमाया दाहाल, टेकवहादुर श्रेष्ठ लगायतको घर डुवानमा परेको हो । 

null

निकास नहुँदा जमेको पानीका कारण शौच गर्न जान र खानेपानीको समस्या रहेको स्थानीय पीडित विष्णु प्रसाद दनैले गुनासो गरे । आफ्नो शौचालय र धारामा पानी जम्दा छिमेकीको गएर शौच गर्ने र पानी ल्याउनु परेको उनले वताए । घर भित्रै पानी पस्दा खाना पकाउन, सुत्न समेत समस्या रहेको अन्य स्थानीयको गुनासो छ । 

 

लक्ष्मी नारायण चोकमा मार्ताल पुलदेखीको पानी आउने गर्छ । भौगोलिक रुपमा लक्ष्मी नारायण चोक गहिरो हुँदा त्यहाँ सामान्य पानी पर्दा समेत डुवान पर्ने गरेको छ । खहरे खोलामा पानी निकासी हुने गरेतापनि माछा पोखरी वनाईएकाले निकास हुन नसकेको दनैको भनाई छ । पानी निकासीका लागि पीडित स्थानीयवासीहरुले आईतवार राप्ती ४ को वडा अध्यक्षलाई मौखिक जानकारी गराएका छन् । 

यस समस्याकाबारे वडाध्यक्ष शमसेर लामासंग वुझ्न खोज्दा उनको फोन रिसिभ नभएपछि मेयर प्रभा वरालसंग कुरा गर्दा उनले लक्ष्मीनारायण चोक गहिरो स्थानमा हुँदा पानी निकासी हुन नसकेको वताईन् । 

पानी निकासीका लागि नगरपालिकाको तर्फबाट साधन पठाएपनि कुनै उपाय नलागेको मेयर वरालको भनाई छ । लामो समयदेखीको समस्या रहदा आफु पनि दुखी रहेको उल्लेख गर्दै मेयर वरालले संघीय सरकारसंग समन्वय गरेर पानी निकासीका लागि योजना अघि वढाईने वताईन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *