अशोक लेलैण्ड र कामना बैंकबीच सम्झौता

 

साउन ३, काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र कामना सेवा विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । 

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्सको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरे । 

null

यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले कामना बैंकमा सहज रुपमा ७५ प्रतिशतसम्मको कर्जा सुविधा पाउने भएका छन् । त्यस्तै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । 

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुको विश्वास छ । 

कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा Brand Awareness का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

  

  

  

  

आज साँझ पाइपलाइनबाट तेल अमलेखगन्ज आइपुग्ने साउन ३, काठमाडौं । नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमा पहिलो पटक पठाइएको डिजेल अमलेखगन्ज आइपुगेको छ । 

शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्ने निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । साउन १५ भित्रै औपचारिक उद्घाटनका लागि तयारी गरिरहेको पनि उनले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *