इक्यान मेला: मुसलधारे पानीमा पनि उत्साहजनक सहभागिता

 

असार २७ काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा राजधानीमा बिहीबारदेखि सुरु १३ औं इक्यान शैक्षिक मेलामा दोस्रो दिन सकिएको छ । इक्यानका अनुसार दोस्रो दिन मुसलधारे पानीमा पनि विद्यार्थीको सहभागिता उत्साहजनक देखिएको छ । 

शुक्रबार बिहानैदेखि मुसलधारे पानी परेकाले विद्यार्थीको चाप पहिलो दिनको तुलनामा केही कम देखिए पनि सहभागिता भने उत्साहजनक थियो । इक्यानका अनुसार शुक्रबार ५ हजार जनाले मेला अवलोकन गरेका छन् । 

null

मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको छ । असार २९ गते आइतबारसम्म चल्ने मेलामा चार वटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था समेत गरिएको छ । साथै मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शीर्षकको फोटो प्रदर्शनी गर्नेछ । 

 

शुक्रबारको मेलामा विदेशमा उच्च शिक्षा लिएर फर्केका तीन जना यूवाहरुले विद्यार्थीसँग आफ्ना अनुभव समेत साटासाट गरे । कार्यक्रममा उच्च शिक्षाका लागि १३ वर्ष विदेशी भूमिमा बिताएका डा. समीरमणि दीक्षितले उच्च शिक्षाका लागि विदेशी मुलुक जान कुनै आपत्ति नमान्न आग्रह गरे । 

उनले भने, ‘उच्च शिक्षाका लागि विदेश जानु राम्रो हो, तर विदेशमा गुणस्तरीय शिक्षा लिएर नेपाल फर्कन सकियो भने निकै राम्रो हुन्छ ।’दीक्षितले आफ्नो उदारहण दिँदै भने, ‘विदेशमा पढ्न मात्रै जाने होइन, पढाइसँगै इन्टर्नसिप र काम पनि गर्नुहोस, नेटवर्क बनाउनुहोस, ताकी भविष्यमा नेपाल फर्किसकेपछि त्यसैलाई उपयोग गरी काम गर्न सकियोस ।’ 

पहिलेको तुलनामा अहिले विदेश गइ पढेर फर्कने विद्यार्थीको संख्या बढीरहेको बताउँदै यो मुलुकका लागि निकै फाइदाजनक भएको बताए । कार्यक्रममा बोल्दै, समाजवादी पार्टीकि नेतृ मानुषी यमी भट्टराईले विद्यार्थीहरु रहरभन्दा बढी बाध्यताले विदेश गइरहेको बताइन् । उनले भनिन, म आफै पनि बाध्यताले जेएनयू पढ्न गएकी हुँ । 

 

‘तत्कालिन समयमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरिरहेकी म यहाँ गुणस्तरीय शिक्षा नभएकैल कारणले विदेश गएकी हुँ ।’ भट्टराईले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई अध्ययन पूरा भएपछि फर्काउनका लागि सरकारले समेत वातावरण बनाउनुपर्ने बताइन् । 

त्यस्तै, कार्यक्रममा बोल्दै बुलबुल चलचित्रका निर्देशक बिनोद पौडेलले आफूले बेलायतमा सिकेको गुणस्तरीय शिक्षा प्राप्त गरेकै भरमा चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकेको बताए । 

बेलायतमा एमबीए सकाएर नेपालमा फर्की चलचित्र निर्माण क्षेत्रमा हात हालेका पौडेल अहिले राजधानीमा कलेज सञ्चालन गरिरहेका छन् ।कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले कन्सलटेन्सी क्षेत्रमा शुद्धिकरणका लागि भएका प्रयासमा इक्यानको भूमिका महत्वपूर्ण भएको भन्दै यसका लागि सरकारले पनि साथ दिनुपर्ने बताए । 

उनले यस क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको भन्दै स्वदेशी व्यवसायीहरुले नै यसका लागि पर्याप्त भएको बताए ।  

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *