नैतिकताको जगमा उभिएर काम गर्न मुख्यमन्त्री राइको निर्देशन

 

साउन ६, विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नैतिक मूल्यमान्यताको जगमा उभिएर काम गर्न विभिन्न सरकारी कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । 

आकस्मिक रुपमा मुख्यमन्त्री कार्यालयमा बोलाइएका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले पछिल्लो समय भ्रष्टाचार र कमिशन लिएका घटनाहरु सार्वजनिक भइरहेको बताउदै त्यस्तो बिषय क्षम्य नहुने चेतावनी दिए । 

null

उनले प्रदेश मातहतका कार्यालयमा घुस लिने र रकम संकलन गर्ने गरेको थुप्रै सूचना आफूसँग रहेको भन्दै त्यस्ता कर्मचारी चाँडै कारबाहीको दायरामा आउने बताए । वन कार्यालयका प्रमुखलाई घुससहित अख्तियारले रंगेहात पक्राउ गर्नु प्रदेश सरकारकै लागि दुःखद भएको उनको टिप्पणी थियो । 

मुख्यमन्त्री राईले माथि मिलाउनुपर्छ भनेर कसको आडमा कर्मचारीहरुले खुलेआम कार्यालयमा अनियमितता र घुस लिइरहेको छन् त्यो सूचना दिन कार्यालय प्रमुखहरुलाई आग्रह गरे । 

मुख्यमन्त्री, मन्त्री, प्रमुखसचिव तथा मन्त्रालयका सचिव कसको निर्देशनमा कर्मचारीहरुले कमिशन संकलन गरिरहेका छन् भनेर प्रस्ट पार्नु आवश्यक रहेको उनको भनाइ छ । 

मुख्यमन्त्री राईले अब आफू चुप लागेर नबस्ने बताउँदै कार्यालयमा कमिशन र भ्रष्टाचार गरेको पाइएमा एक घन्टाभित्र एक्सन लिनेसमेत चेतावनी दिए । संघीयता कार्यान्वयसँगै राष्ट्रसेवक कर्मचारीमाथि ठूलो जिम्मेवारी आएको बताउँदै कुनै लोभलालच नराखी जनताप्रति प्रतिबद्ध भएर काम गर्न कर्मचारी लाग्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री राईले गत वर्षको बजेट चार महिनाअघि कार्यान्वयमा आएकाले असार मसान्तसम्म विकास खर्च गर्नु परेको प्रष्ट पारे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *