‘नेपाल–भारतबीचको व्यापार र लगानीलाई उच्च प्राथमिकतामा राखेका छाैँ’

 

साउन १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपाललाई सहयोग हुने अपेक्षा रहेको बताएका छन् । 

आइतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै प्रम ओलीले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताएका हुन् । 

null

कार्यक्रममा नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उनले भने, ‘नेपालको व्यापारको ठूलो हिस्सा भारतबाटै हुन्छ । नेपाल–भारत व्यापार–लगानीलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको छ । दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न लागि परेका छौँ ।’ 

उनले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने पनि स्पष्ट पारे । नेपाल–भारत जोड्ने जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने उनको भनाइ छ । 

प्रम ओलीले रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्न काम गरिरहेका जानकारी गराए । नेपाल–भारत सम्बन्धले बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गरेको उनको दाबी छ । 

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताए । 

पछिल्लो समय नेपाल–भारत वाणिज्य सम्बन्ध राम्रो भइरहेको उनले स्पष्ट पारे । पेट्रोलियम पाइपलाइन नेपालको आर्थिक विकासका लागि गेम चेञ्जर हुने उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *