अवैध सम्बन्ध लुकाउन सासुको हत्या गर्न खोज्ने बुहारी पक्राउ

 

असार २२ काठमाडौँ । शनिबार पर्सामा आफ्नो अवैध सम्बन्धको पोल खुल्ने डरले सासुको हत्या गर्न खोज्ने बुहारीलाई  प्रहरीले पक्राउ परेको छ । 

पर्साको कालिकामाईं गाउँपालिका २ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महराले आफ्नो अबैध सम्बन्ध लुकाउन सासुको हत्या गर्न खोजेको हो । 

null

पक्राउ परेकी इन्दुदेवीले शनिबार दिउँसो आफ्नै सासु राजपती देवी महरालाई  धारिलो हतियार ग्रासीले टाउकोमा प्रहार गरेकी थिईन् । 

धारिलो हतियारको प्रहारबाट गम्भिर घाइते भएकी सासु राजपती को हाल वीरगञ्ज न्युरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । 

निज इन्दुदेवीलाई उनकै ससुरा भोजराम महराले दिएको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान गर्दा अन्य पुरुषसँगको अवैध सम्बन्धको कारण सासुको हत्या गर्न खोजिएको खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *