वडाध्यक्षले आफ्नै कार्यकर्ताबाट कुटाई खाए

 

साउन १३, पोखरा । पोखरामा आईतबार एक वडाध्यक्षले आफ्नै कार्यकर्ताबाट कुटाई खाएका छन् । 

पोखरा महानगर वडा न. २१ का अध्यक्षखगराज आचार्यलाई कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले मुक्का हानेको हो । 

null

आइतबार साँझ राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेका वडाध्यक्ष खगराजलाई आन्तरिक विवादका कारण झगडा पर्दा अध्यक्ष दातारामले मुक्का हानेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएको छ । 

वडाध्यक्ष दगराजलाई मुक्का हान्ने अध्यक्ष दातारामलाई आईतबार साँझ नै पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *