हातखुट्टामा डोरीले बाँधी नदीमा फ्याकेको अवस्थामा युवक फेला

 

साउन ८, काठमाडौँ । मंगलबार राति कोटेश्वरस्थित मनहरा खोलाबाट हात खुट्टाबाँधी शरिर बन्धक बनाई बेहोस अवस्थामा फ्याकिएकाे एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ । 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित मनहरा खोलाबाट भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ घर भएका २७ वर्षीय मनिष भण्डारीलाई उद्धार गरेको हो । 

null

प्रहरीका अनुसार खोलाबाट बचाउ बचाउ भन्ने आवाज सुनेपछी हेर्न जाँदा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर बेहोस पारी फ्याँकेको अवस्थामा भण्डारीलाई भेटिएको थियाे । 

आइतबार लोकन्थलीबाट नम्बर नखुलेको भ्यानमा तीन अपरिचित व्यक्तिले भण्डारीलाई जबर्जस्ती भ्यानमा हाली बिगत तीन दिन देखी लगातार बिभिन्न स्थानमा घुमाई बेहोस अवस्थामा उक्त स्थानमा छोडेको प्रहरीले जनाएको छ । 

उनलाई के कारणले ती व्यक्तिहरुले त्यस्तो गरेको कारण भने नखुलेको यस अपराधिक गतिविधीमा संलग्न व्यक्तिहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *