पेनगन सहित लागूऔषध कारोबारमा संलग्न एक नियन्त्रण
२०७६ साउन २ गते

श्रवण १, कास्की । कास्कीमा विशेष सूचनाको आधारमा ‘पेन गन’ सहित एक लागूऔषध कारोबारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा २४ कास्कीकोट घर भई हाल पोखरा ७, मासबारस्थित एक घरमा डेरा गरी बस्दै आएका सागर रानाभाट रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
null
प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार लागूऔषध कारोबारमा संलग्न रानाभाटलाई हातहतियार बोकेर हिड्ने गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनको साथ फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की फेला पार्नुको साथै विभिन्न व्यक्तिका पासपोर्ट र नागरिकता १० थान फेला पारिएको गरिएको एसपी कार्कीले बताएका छन् ।
पक्राउ परेका रानाभाटमाथी आवश्यक अनुसन्धान भईरहेको र यस घटनामा अन्य व्यक्तिको पनि संलग्न भए चाँडै पक्राउमा पर्ने एसपी कार्की बताउँछन् ।
२०७६ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








