ब्रेकिङः वीपी प्रतिष्ठान धरानका उपकुलपति डा. रौनियार ८ लाख घुस सहित पक्राउ
२०७६ असार २७ गते

असार २६, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान धरानका उपकुलपति राजकुमार ९आरके० रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई प्रतिष्ठानकै सरकारी निवासबाट घुससहित पक्राउ गरेको हो ।
भवन निर्माणको भुक्तानीका लागि उनले घुस लिएका थिए । घुस लिएर उनले भजिता रामहरि रौनियारलाई राख्न दिएका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। प्रतिष्ठानमै पढ्ने रामहरिको कोठाबाट घुस बरामद भएकोको प्रवक्ता कोइरालाले बताए।
null
प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनको नाममा घुस मागिरहेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाले जानकारी दिए।
२०७६ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








