यात्रुको नगद र औषधी फिर्ता नगर्ने ट्याक्सी चालक पक्राउ

 

असार १६, काठमाडौँ । प्रहरीले ट्याक्सीमा छुटेको नगद र औषधी यात्रुलाई फिर्ता नगर्ने ट्याक्सी चालकलाई प्रकाउ गरेको छ । 

शुक्रबार शिक्षण अस्पताल, महाराजगञ्जबाट स्वयम्भु नामगेल चोक जाने क्रममा यात्रु तोण्डु शेर्पाको ७६ हजार नगद र औषधीसहितको झोला ट्याक्सीमा छुटेको थियो । 

null

नम्बर नखुलेको ट्याक्सीमा समान छुटेको भन्दै शेर्पाले महानगरीय ट्राफिक प्रहरी महाशाखाकामा उजुरी दिएपछी सीसी टीभी क्यामेराको मद्दतमा बा २ ज २४८ नम्बरको ट्याक्सी सहित चालक सामान छुटेको तिनदिन पछी पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । 

पक्राउ परेका चालकले पिडितलाई सबै समान फिर्ता गरेपछी ट्राफिक प्रहरीको रोहबरमा कागज गरेर छाडिएको हो । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *