उपत्यकाको ३ कारागारमा ७ भीआईपी कैदी, को–को कहाँ ?

 

असार २०, काठमाडौं । काठमाडौं उपत्यकाका ३ कारागारमा ७ जना भीआईपी कैदीले कैद भुक्तान गरिहरेका छन् । 

काठमाडौंका २ र ललितपुरको कारागारमा गरी ७ जना भीआईपी थुनामा रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ । काठमाडौंको डिल्लीबजारस्थित कारागारमा ३ जना, केन्द्रीय कारागार सुन्धारामा ३ जना र नख्खु कारागारमा एक जना भीआईपी रहेका रहेका छन् । 

null

डिल्लीबजारमा सांसददेखि पुर्व आईजीपीधेरैजसो भीआईपीहरुले डिल्लीबजार कारागार रोज्छज् । तुलनात्मक अरुभन्दा त्यहाँ खुल्ला ठाँउ भएकाले सो कारागार धेरै कैदीबन्दीको रोजाईमा पर्ने गरेको हो । तर सबैलाइ राख्न सम्भव छैन । तर अधिकाश भीआईपी कैदीहरु त्यही कैद भएका छन् । कतिपय भीआईपी कैदीहरु त्यहाँ कैद भुक्तान सकेर निस्कि सके भने कतिपय अझैँ छन् । 

यसैले डिल्लीबजार कारागारमा सबै भन्दाबढी भीआईपी कैदी छन् । जहाँ प्रत्यक्ष निर्वाचित सांसददेखि पूर्व आईजीपी सम्म छन् । नेपाल प्रहरीका पूर्व आईजीपी रमेश चन्द ठकुरी पनि विहीबारबाट त्यही थपिएका छन् । जहाँ सशस्त्रका पूर्व डीआईजी रञ्जन कोइराला पहिल्यैदेखि थिए । चन्द भ्रष्टाचार मुद्धामा जेल चलान भएका हुन् भने, खनाल कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका हुन् । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित रेशम चौधरी पनि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कैदी हुन् । उनीपनि डिल्ली बजार कारागार मै छन् ।  

सुन्धारामा पूर्वसांसददेखि जर्नेल–कर्नेलसम्मडिल्लीबजार कारागार अरु भन्दा खुलला भएकोले धेरैले रोज्ने गर्छन् । विषेशगरी धेरै भीआईपीहरु त्यहाँ छन् । तर केन्द्रिय कारागार सुन्धारामा पनि पूर्व सांसददेखि थुप्रै कैदी छन् । तत्कालीन एमालेका तर्फ पूर्व सभासद् रामचन्द्र प्यासी कुशवाह कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि त्यही बन्दी जीवन विताईरहेका छन् । नेपाली सेनाका कर्नेल केशबराज कार्की आर्थिक हिनामिनामा जेल परेका हुन् । यस्तै नेपाली सेनाका जर्नेल आदित्य बहादुर भनिने मदनजंग शाह पनि ठगी मुद्धामा केन्दीय कारागार सुन्धारामा केदी जीवन बिताईरहेका छन् । 

नख्खुमा पूर्व राज्यमन्त्रीललितपुरस्थित नख्खु कारागारमा पनि एक जना पूर्वराज्यमन्त्री छन् । उनी हुन् तत्कलिन संघीय फोरमका नेता तथा संजयकुमार साह । साहलाई कर्तव्य ज्यान मुद्दामा सर्वश्व सहित जन्म कैदको सजाय तोकिएको छ । नख्खु कारागारमा रहेका पुर्व भिआईपीहरुमा उनी मात्र हन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *