बहुमतले विनियोजन विधेयक २०७६ पारित

 

असार २३, काठमाडाैँ ।  राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ । 

आज बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो । यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भइसकेको छ । दुवै सदनबाट विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन हुनेछ । 

null

यसअघि सांसद अनिता देवकोटा, मुक्ताकुमारी यादव, बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझीले प्रस्तुत गरेको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सदनले बहुमतले अस्वीकृत गरेको थियो । 

बैठकले अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौँ) विधेयक २०७६, माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते मङ्गलबार ४ बजे बस्नेछ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *