पाँच हजार घुस सहित मालपोतका दुई कर्मचारी पक्राउ

 

साउन १३, सिरहा । सिरहा मालपोत कार्यालयका दुई कर्मचारी ५ हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको अख्तियार टोलीले ती दुई कर्मचारीलाई घुस लिदैं गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो 

पक्राउ पर्नेमा सिरहा मालपोत कार्यालयका सुब्बा मिथिलेश ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई रहेको अख्तियारले जानकारी दिएको छ । 

null

पक्राउ परेका ठाकुर र चौधरीलाई कारवाहीको लागि अघी बढाई आवश्यक अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *