प्रहरी कार्यालयको पर्खाल नाघेर फरार रहेको अभियुक्त पक्राउ

 

साउन १४, बीरगन्ज । खाना खाने समयको मौका छोपी प्रहरी कार्यालयको पर्खाल नाघेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार साउन ३ गते पक्राउ परेका भारत मोतिहारी जिल्ला लिपनी–४ का १९ वर्षीय फिरोज मियाँ लाई रौतहटको गौरबाट पक्राउ गरिएको हो । 

null

चोरीको आरोप लागेका मियाँले बेलुका खाना खान बाहिर निकालेको समयमा प्रहरीको आँखा छली बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको पर्खाल नाघेर भाग्न सफल भएका थिए । 

 उनी भागे लगत्तै प्रहरीले उनको खोजतलास तीब्र रुपमा गरिरहेको समयमा गौरबाट नियन्त्रण लिन सफल भएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *