चिप्लिएर नहरमा डुब्दा ६ वर्षे बालकको मृत्यु

 

असार २६, बीरगञ्ज । बीरगञ्जमा शौच गर्न जाँदा एक ६ वर्षिय बालकको चिप्लिएर नहरमा डुब्दा मृत्यु भएको छ । 

वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने दिपेन्द्र साह तुराहाका ६ वर्षे छोरा रोसन साह तुराहाको बीरगञ्जको जगरनाथपुरमै रहेको नहरमा शौच गर्न जाँदा चिप्लिएर नहरमा डुबेको पर्सा प्रहरीले जानकारी दिएको छ । 

null

उनी नहरमा डुबेपछी उद्धार गरी गण्डक अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार हाल उनका शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको र पोष्टमार्टम पछि उनको शवलाई परिवार दिईनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *