कांग्रेस सडक आन्दोलनमा जान्छः सभापति देउवा
साउन ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काली सरकारले प्रजातन्त्रमाथि प्रहार गरिरहे कांग्रेस सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको बीपीको विचार र वर्तमान राजनीतिक अवस्था विषयक विचार गोष्ठी तथा सहिद स्मारिका विमोचन कार्यक्रममा सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् ।
null
केपी ओली सरकारले वीपीको सिद्धान्तमाथि प्रहार गरिरहेको आरोप लगाउँदै उनले भने, ‘प्रजातन्त्र विरोधी विधेयक फिर्ता नलिए संसद चल्छ दिँदैनौँ । बाध्य पारियो भने सडक आन्दोलनमा जान्छौं तर कम्युनिस्ट जस्तो रेलिङ भाँच्दैनौं, हाम्रो आन्दोलन शन्तिपूर्ण हुन्छ ।’
सरकारले आफ्ना विरोधीलाई विभिन्न आरोप लगाएर सिध्याउन खोजेको उनको दाबी छ ।
‘स्वतन्त्रता सबैभन्दा ठूलो कुरो हो । प्रेस स्वतन्त्रता उल्ट्याउन विधेयक ल्याइएको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएर सरकारले मिडिया कन्ट्रोल गर्न खोजिरहेको छ’, सभापति देउवाले भने, ‘ विश्वभर मानव अधिकार आयोग स्वतन्त्र हुन्छ, उसले स्वतन्त्र रुपमा मानव अधिकारको मनिटरिङ गर्न पाउँछ । तर ओली सरकार त्यसमाथि पनि कन्ट्रोल गर्न खोज्दैछ ।’
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको स्मरण गरे।