जन्ती बसकाे ठक्करबाट महिलाको मृत्यु

  

असार २५, सिन्धुपाल्चोक ।  जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा ३ ख ११७ नंको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर आज एक महिलाको ज्यान गएको हो । 

मानसिक सन्तुलन गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न खुल्न सकेको छैन । बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए । रासस  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *