छुरा प्रहार गरी फरार रहेका चार पक्राउ

 

असार २१, काठमाडौँ । आपसी बिवादमा दुई युवालाई छुरा प्रहार गरी फारार रहेका चार युवालाई नेपाल प्रहरीले हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका असिम लामा र सरोज श्रेष्ठ तथा कास्कीका निश्चल आलेमगर र भारत दार्जिलिङका सरोज राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार असार १६ गते काठमाडौँ महानगरपालिका–७ पशुपति मित्र माध्यामिक विद्यालय चावहिलमा लागूपदार्थ सेवन गरी एक आपसमा बिवाद हुँदा ओखलढुङ्गाका विजय बानियाँ र काठमाडौँका सुदीप घिमिरेलाई छुरा प्रहार गरी गम्भिर घाइते बनाएर चारैजना भागेका थिए । 

null

छुरा प्रहारबाट गम्भिर घाइते भएका ती दुईको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् । 

प्रहरीका अनुसार हाल पक्राउ परेका ती चारको अनुसन्धान भईरहेको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *