खाल्डोमा डुबेर दुई वर्षीय नाबालकको मृत्यु

 

साउन ९, सिरहा । अविरल वर्षाका कारण पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा नाबालकको ज्यान गएको छ । 

घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहका दुई वर्षीय छोरा अङ्कितकुमार साहको बुधबार बेलुका मृत्यु भएको हो । 

null

डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *