सिटिजन्स बैंकद्वारा वृक्षारोपण

 

असार १५, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले हिजो शनिबार राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालित वृक्षरोपण कार्यक्रममा सहभागिता जनाएको छ । 

बैंकले उक्त अवसरमा कोटेश्वर—कलंकी चक्रपथ सडक किनारमा बैंकको सहयोगमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मि.सम्ममा १०० वटा कल्कीफूलका बिरुवाहरू रोपिएको छ । 

null

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्कीफूलको बिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाए । 

बैंकका करिव १०० जना कर्मचारीहरूको अग्रसरतामा उक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो । आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवर्धन, सहरी सौन्दर्य प्रवर्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिएको बृक्षरोपणले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *