आईफाको हामी विरोधी थिएनौं, तर जनताको कर दुरुपयोग गर्नु हुँदैन्: चलचित्रकर्मी खड्का

 

असार १८, काठमाडौं । चलचित्रकर्मी नवल खड्काले आफूहरुले आईफा अवार्ड नेपालमा हुनै हुँदैन भनेर विरोध नगरेको स्पष्ट पारेका छन् । तर, सरकारले जनताको करलाई दुरुपयोग गर्ने गरि ठूलो धनराशी खर्चिन खोजेकोले विरोध जनाएको उनले स्पष्ट पारे । 

उनले बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अवार्डमा आउने पाहुनाहरुलाई स्थान, सुरक्षा र न्यानो आतिथ्यता दिनुपर्नेमा अरवौं रुपैयाँ खर्चिन खोजेर सरकारले दलालीको पराकाष्ठा नघाएको पनि खड्काको आरोप छ । उनले काठमाडौंको धुलो, हिलो र ट्राफिक जाम देखाएर पर्यटन प्रर्वद्धन नहुने पनि टिप्पणी गरे । 

null

खड्काले सम्झौतामा नै नेपाल सरकार उक्त अवार्ड गर्न लालायित भएको भनेर लेखिएकोमा पनि सुनाए । उनले भने,‘नाकाबन्दी भयो भन्ने नसक्ने सरकार किन यो अवार्ड गर्न लालायित भयो ? हाम्रो प्रश्न छ ।’ आईफाको लागि खर्चिन खोजिएको एक अर्व रुपैयाँ खप्तडमा बाटोघाटो बनाउन खर्चिने हो भने पर्यटनको राम्रो विकास हुने पनि उनको धारणा छ । 

खड्काले नेपाली कलाकारहरु उपचार नपाएर मरिरहेको अवस्थामा सरकारले वास्ता पनि नगरेको तर भारतीय कलाकारहरुसँग सेल्फी खिचाउन र उनीहरुको अगाडि भाषण गर्न अरवौं रकम खर्चिन खोज्नु गलत भएको सुनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *