प्रहरी र डाक्टरले आयोजना गरेकाे स्वास्थ्य परिक्षणमा १४० ले सेवा लिए

 

साउन १२, धरान ।  सधै जनताको सुरक्षामा खटिने सुनसरी धरानका प्रहरी र चौविसै घण्टा विरामीको सेवामा तल्लिन हुने चिकित्सकले विदाको सदुपयोग गर्दै आज शनिबार धरानमा रचनात्मक कार्य गरेका छन् । 

जनताको सेवामा समर्पित नेपाल प्रहरी स्वस्थ रहन आवश्यक ठान्दै बीपी कोइराला तथा नीजि अस्पतालका चिकित्सकहरुको संगठन हातेमालो फाउन्डेशनले इलाका प्रहरी कार्यालय धरानको हाताभित्रै निःशुल्क स्वास्थ्य शिविर संगै निशुल्क औषधि वितरण समेत गरेको छ । 

null

 

सबै पेशा समान भएको र एक अर्काको पेशामा सम्मान भाव प्रकट गर्दै सहयोग पुर्याउने अभिप्रायले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको फाउन्डेशनका प्रवक्ता भुपेन्द्र साहले बताए । 

इलाका प्रहर कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र संघीय इकाई प्रहरी कार्यालय धरानमा कार्यरत २ सय भन्दा बढी सुरक्षाकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको फाउन्डेशनका सदस्य डा. विपेश आचार्यले जानकारी दिए । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले कार्यरत प्रहरी र तिनका परिवारलाई आखा, छाला, प्रजनन तथा यौन रोग, दात लगायत धरानमा फैलिएको डेंगुको समेत परीक्षण गरेका थिए । 

 

समुदाय–प्रहरी साझेदारी अन्तर्गत राखिएको शिविरको प्रमुख उद्देश्य नै चिकित्सक र प्रहरीबीचका सुमधुर सम्बन्ध रहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले समाजको सुरक्षाको जिम्मा लिएको प्रहरी आफू स्वस्थ हुनुपर्छ भन्ने अभिप्रायले हातेमालो फाउन्डेशनसंग अनुरोध गरेर शिविरको आयोजना गरिएको बताए । 

परीक्षणका क्रममा प्रहरी र तिनका परिरवारलाई निःशुल्क औषधि समेत प्रदान गरिएको फाउन्डेशनका सदस्य डा. विपेश आचार्यल जानकारी दिए । पाँच महिना अगाडि चिकित्सहरुले समाजसँग घुलमिल गर्न नै फाउन्डेशनको गठन गरेको चिकित्सकहरुले बताएका थिए । 

शिविरमा ईलाका प्रहरी कार्यलय धरान लगायतका मातहतका प्रहरी कार्यलयका प्रहरीहरु र तीनका आश्रित परिवारहरु र ईलका प्रहरी कार्यलय धरानमा रहेका थुनुवाहरुको पनि स्वास्थ्य परिक्षण गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *