बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा

 

साउन ८, बेलायत ।  बेलायती प्रधानमन्त्रीको पदीय जिम्मेवारीबाट मुक्त हुन लाग्नु भएकी थेरेसा मेले बुधबार औपचारिक रूपमा पदबाट राजीनामा दिएकी छिन् । 

उनले आफ्नो राजीनामा पत्र बेलायती महारानी एलिजावेथ द्वितीयलाई बुझाएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उनको राजीनामा स्वीकृतिसँगै महारानीले प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनलाई नियुक्त गर्नुहुने भएको छ । 

null

जोनसन कन्जरभेटिभ पार्टीका नेतामा निर्वाचित भएकाले उनीनै प्रधानमन्त्री बन्ने भएका हु्न् । बेलायतमा सामान्यतया आम निर्वाचनमा विजयी पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन छ । 

त्यसपछि मन्त्रीहरू प्रधानमन्त्रीबाट नै नियुक्त हुनेछन् । मन्त्री बनाउँदा वरिष्ठतालाई ध्यान दिने गरिएको छ । उनीहरूलाई फेरबदल गर्ने विषेशाधिकार प्रधानमन्त्रीमा छ । 

ब्रेक्जिट समस्या समाधान गर्न नसकेपछि मेले सत्ता छाड्नु परेको हो भने उनका उत्तराधिकारी जोनसनलाई पनि यस समस्या समाधान गर्न निकै कठिन हुने देखिएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *