आप्रवासीलाई पक्राउ गरेर देश निकाला गर्ने अमेरिकाको नयाँ नीति

 

साउन ७, अमेरिका ।  अमेरिकाले आफ्नो देशमा बस्दै आएका गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न सक्ने भएको छ । अमेरिकी सरकारले अदालतलाई बाईपास गरेर त्यहाँ रहेका आप्रवासीलाई घर फिर्ता पठाउन सक्ने व्यवस्था गरेको हो । 

नयाँ नियमअनुसार आधिकारिता पुष्टी गर्न नसकेका दुई वर्षदेखि अमेरिकामा बस्दै आएका आप्रवासीलाई तुरुन्तै पक्राउ गरेर आफ्नो देश पठाउन लागेको हो । यो नीति मंगलबार सार्वजनिक भएपछि देशभर तुरुन्त कार्यान्वयनमा हुन लागेको बिबिसीले जनाएको छ । 

null

तरपनि अमेरिकन सिभिल लिवर्टी युनियन(एसिएलयु)ले यो नीतिलाई अदालतमा चुनौति दिने बताएको छ । विशेषगरी मेक्सिकोसँगको दक्षिण सीमाको अवस्थालाई लिएर अमेरिकाले आप्रवासी नीतिमा समीक्षा गर्दै यो निर्णय गरेको हो । 

सन् २०२० मा हुने पुन निर्वाचन अभियानका लागि एक मुख्य विषयका रुपमा राष्ट्रपति डोनल्ड ट्रपले आप्रवासीप्रति कडा नीतिको योजना बनाएको विश्लेषकले बताएका छन् । 

यो नीति नियम लागु भएपछि अमेरिकामा गैर कानूनी रुपमा बस्दै आएका केही नेपाली पनि प्रभावित हुने बुझिएको छ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *